☰ open Loading... 29 April 2024|  

फरक विश्व

के रूससँगको युद्धमा कमजोर हुँदैछ यूक्रेन?

के रूससँगको युद्धमा कमजोर हुँदैछ यूक्रेन?

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १६:०७
यूक्रेनका सेना प्रमुखले रूससँगको युद्धको स्थिति निकै खराब बन्दै गएको बताएका छन्। यूक्रेनी सेना प्रमुख जनरल ओलेक्जेन्डर सीरिस्कीले पूर्वी क्षेत्रमा यूक्रेनी सेना पछि हटेको बताए। बीबीसीका अनुसार यूक्रेनलाई अमेरिकासँग सैन्य सहयोग प्राप्त हुनुभन्दा अघि रूसले स्थितिको फाइदा उठाउने प्रयास गरिरहेको छ। टेलीग्राममा एक पोष्ट लेख्दै सेना प्रमुख सीरीस्कीले भनेका छन्, ‘सीमामा अवस्था निकै गम्भीर बनेको छ।
इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:५९
दैनिक उडानका हिसाबमा संसारकै सातौं ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भारतको इन्डिगो एयरलाइन्सले एकै पटक ३० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने भएको छ । भारतको सस्तोमा उडान गर्ने इन्डिगोले पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो । सन् २००६ मा स्थापना भएयता निरन्तर बजार विस्तार र उल्लेख्य उपस्थिति जनाउँदै आएको इन्डिगोले विश्व उड्डयन बजारको एक प्रमुख खेलाडी बन्ने भन्दै वाइड बडी खरिद गर
ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

    प्रकाशित मितिः ११ बैशाख २०८१, मंगलवार १२:५४
ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता मापन गरिएको थियो । यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ । यस महिनाको सुरुमा
हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार २१:०७
छिमेकी मुलुक चिनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको संख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयता सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ । कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३ सय २८ जनाले पास लिएका छन् भने ८ सय ७८ जनाले पास नवीकरण गरेका छन् । जिल्ला प्रशासन हु
बाढीमा डुबेको दुबई

बाढीमा डुबेको दुबई

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १४:०९
भारी वर्षा र आँधीले खाडीका केही राज्य बाढीको चपेटामा परे । बाढीको कारण मंगलबार दुबई विमानस्थल नै बन्द गर्नु परेको थियो । प्रायजसो गर्मी र घमाइलो मौसम हुने संयुक्त अरब इमिरेट्स (यूएई)मा २४ घण्टाको अवधिमा १०० एमएम भन्दा बढी वर्षा भयो । यो ७५ वर्षयता वर्षासम्बन्धी रेकर्ड राख्न थालेयताकै धेरै थियो । स्थानीय सरकारले रेड अलर्ट जारी गरेको छ भने कार्यालय, विद्यालय र बैंक नै बन्द गरिएको छन् । आँधीको च
खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

    प्रकाशित मितिः ५ बैशाख २०८१, बुधबार २०:४९
यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छ
भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार ०८:५९
अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। अफगानिस्तान सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार गत शुक्रवारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ। विभागका प्रवक्ता जनान सायेकले घटनामा २७ जना घाइते भएका छन्। सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन्। करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन्
जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

    प्रकाशित मितिः २७ चैत्र २०८०, मंगलवार ११:३१
भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता

ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता

    प्रकाशित मितिः २२ चैत्र २०८०, बिहीबार १०:११
ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् । आपतकालीन सेवाको टोली बुधबारदेखि नै खोज तथा उद्धार कार्यमा सक्रिय छ । उनीहरु भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काममा व्यस्त
झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर

झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार १४:०२
अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले शुक्रवार सार्वजनिक गरेको उक्त प्रतिवेदनले अफगानिस्तानका करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको देखाएको छ। प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको प