☰ open Loading... 29 April 2024|  

प्रदेश खबर

रारामा रिसोर्ट खोल्न १ अर्व १० करोड लगानी गर्दै

रारामा रिसोर्ट खोल्न १ अर्व १० करोड लगानी गर्दै

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १७:५८
मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्न अस्ट्रेलियन लगानी भित्रिएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । मुगु जिल्ल
डोल्पामा यार्सा संकलन जेठ १० देखि

डोल्पामा यार्सा संकलन जेठ १० देखि

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:४३
हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने निर्णय गरेको हो । डिभिजन वन कार्यालयका अधिकृत मुनबहादुर रावतले जेठ १० गतेबाट यार्सागुम्बा संकलन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार जिल्ला बाहिरबाट आउनेलाई प्रति व्यक्ति २ हजार, जिल्

स्काभेटर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:३८
कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् । यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँ
बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:०२
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमवार दिउँसो सकिएको मतगणनामा उनी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत
राजपुरमा आगलागी, ३४ घरगोठ जले

राजपुरमा आगलागी, ३४ घरगोठ जले

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:४०
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । आगलागीले १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए । हाडबास गाउँमा २५ वटा घर थिए । आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको एउटा घर भने जोखिएको छ । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएका
बस दुर्घटना, १९ जना घाइते

बस दुर्घटना, १९ जना घाइते

    प्रकाशित मितिः १६ बैशाख २०८१, आईतवार ०५:४१
बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ। ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ। घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र
भिरबाट लडेर दैलेखमा दुई जनाले ज्यान गुमाए

भिरबाट लडेर दैलेखमा दुई जनाले ज्यान गुमाए

    प्रकाशित मितिः १५ बैशाख २०८१, शनिबार २१:४५
दैलेखको आठबिस नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आठबिस नगरपालिका- ७ स्थित अन्दाजी ३८ वर्षीय कृष्णा चन्दको भिरबाट लडेर घटनास्थलमै ज्यान गएको हो । साँझ ५ बजेतिर दाउरा काट्ने क्रममा भिरबाट लडेर कृष्णाको मृत्यु भएको स्थानीयले जानकारी दिए । भिरबाट झण्डै पाच सय मिटर तल खसेको र आफन्त घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको आफन्त सुर्य बहादुर चन्दले जानकारी दिए । उनका एक मात्र छोरा बुहा

आगोमा जलेर एकजनाको मृत्यु

    प्रकाशित मितिः १५ बैशाख २०८१, शनिबार ११:५१
डडेल्धुरामा एकजनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लागेको आगोमा लडेर चुनाराको मृत्यु भएको बताइएको छ। चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विस्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विस्वासको मत

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १७:२४
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विस्वासको मत प्राप्त गरेका छन् । विहिवारको प्रदेशसभाको बैंठकमा जम्मा उपस्थित ३५ जना संसदमध्ये कँडेलको पक्षमा २३ जनाले विस्वासको मत दिए । उनको विपक्षमा १२ जना संसादले मत दिएनन् । काँग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जनाले तटस्थ बसेका थिए । प्रदेश सभाका सभामुख नन्दा गुरुगले तत्काल कायम भएको संसद संख्याका आधारमा बहुमत
महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १७:१४
कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतवि