☰ open Loading... 29 April 2024|  

वन

अधिकांश वनमा फैलिँदै डढेलो

अधिकांश वनमा फैलिँदै डढेलो

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १४:५६
नपालका अधिकांश चुरे पहाडमा वनमा डढेलो फैलिँदै गएको छ। जसले गर्दा धेरै धनजनको क्षती भएको छ । तुवालोले वातावरण नै धमिलो बनाएको छ । घर गोठहरुमा समेत वनबाट आएको आगोले क्षती पुगेको छ । सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भू–बनोट तथा तीब्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ। चुरे गाउँपालिका ३ क
राजपुरमा आगलागी, ३४ घरगोठ जले

राजपुरमा आगलागी, ३४ घरगोठ जले

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार ०६:४०
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । आगलागीले १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए । हाडबास गाउँमा २५ वटा घर थिए । आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको एउटा घर भने जोखिएको छ । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएका
महावुमा १२ थरिका ढकमक्क गुरासँ (फोटो फिचर)

महावुमा १२ थरिका ढकमक्क गुरासँ (फोटो फिचर)

    प्रकाशित मितिः १२ बैशाख २०८१, बुधबार १४:२७
दैलेख महावु क्षेत्रमा फुलेको गुरासँ । यहाँ १२ थरिका विभिन्न रंगका गुरासँहरु वैशाख महिनाभर देख्न सकिन्छ । दैलेख सदरमुकामबाट दुई घण्टाको बाईक यात्रापछि यहाँ पुग्न सकिन्छ । आन्तरिक पर्यटकहरु गुरासँ फुल्ने सिजनमा यहाँ पुग्ने गर्दछन् । महावु क्षेत्रमा फुल्ने गुरासँबारे प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । तस्विरहरु ः विशाल सुनार
डोल्पामा १ सय २० हिउँचितुवा

डोल्पामा १ सय २० हिउँचितुवा

    प्रकाशित मितिः ९ बैशाख २०८१, आईतवार ०८:१५
दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ । वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १२० हिउँचितुवा भेटिएको हो ।

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:१९
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन्। तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट १ लाख २१ हजार ५ रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जले उनलाई बिहीबार पक्राउ गरेको हो। नेपाल
कर्णालीका ४० सामुदायिक वनमा डढेलो

कर्णालीका ४० सामुदायिक वनमा डढेलो

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार १९:३३
गर्मी सिजन लागेसँगै कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार फागुन यता प्रदेशभरका ४० वटा राष्ट्रिय तथा सामुदायिक वन÷जङ्गल आगलागीबाट सखाप भएका जनाइएको छ । कतिपय जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:४३
विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । पोखरा महानगरपालिका–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्न
डोल्पा आगलागीबाट तीन बालबालिकाको मृत्यु

डोल्पा आगलागीबाट तीन बालबालिकाको मृत्यु

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:३४
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेका तीन बालबालिकाको मृत्यु भएको छ। गत बिहीबार डढेलोमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट घाइते दुईजनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज निधन भएको दाहालले बताए।
आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    प्रकाशित मितिः २९ चैत्र २०८०, बिहीबार ०८:११
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार बुधवार दिउँसो करिब साढे ३ बजेतिर रन्मा गाउँदेखि पारीको चत्रा भीरमा पदमार्ग बनाउने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको स्थानीयले बताएका छन्। उनले घाइते भएकामध्य
भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’

    प्रकाशित मितिः २८ चैत्र २०८०, बुधबार २१:१९
गुल्मीको सत्यावतीमा साढे ६ किलोको दुर्लभ किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो। लगभग ३ मिटर लम्बाई भएको सर्पको वजन ६ किलो ७१५ ग्राम रहेको कालीगण्डकी चन्द्रकोट सब डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए। पसलभित्र रहेको किङ कोब्रालाई स्थानीय जनप्रतिनिधि